!!!!!Distance Education!!!!!!Admission Open in MSc in Remote Sensing and GIS, MSc in Environemental Science. MSc in IT, MA Rural Deveopent, MSc in Sustainable Development. M.Phil/Ph.D. Program in Education and Management. Remember us for various other courses through distance mode.
Admission Open in M. Phil. and Ph.D.-Singhania University
About School in Nepal
भूूमिका
निजी स्तरमा खोलिएका आबासीय बिद्यालयहरुको भमिका एवं उत्तरदायित्व ब्यबसायिक सफलता एवं शैक्षिक गूणस्तर कायम राख्ने मात्र नभई सेवा नै विद्यालयको समाजिक दायित्व हो भन्ने मूल नीति लिई वि.सं. २०५२ सिटी इङ्गलिस स्कूलको स्थपना भएको हो । यस विद्यालयको मासिक तथा अन्य शल्कहरुमा सरकारी स्तरमा संचालित विद्यालयको तूलनामा बढी देखिए तापनि अन्य कतिपय बोर्डिड. स्कूलको भन्दा कम निद्र्यारण गरिएको छ । यसरी यस विद्यालयले बिशेष गरी मध्यम वर्गीय परिवारका बालबालिकाहरुको शिक्षा—दीक्षा तथा विदेशमा गइ काम गर्ने अभिभावकहरुका नानीहरुका लागि राम्रो छात्रावासको व्यवस्था गर्ने उदेश्य राखेको छ ।

शिक्षक र शिक्षिका
यस विद्यालयले अनुभवी, दक्ष तथा तालिम प्राप्त पेशागत शिक्षक शिक्षिकाहरुका नियुक्त गरी बाल बालिकाहरुलाई सरल तरिकाले पढाउनुका साथै उनीहरुको चौतर्फी विकासमा जोड दिइनेछ ।

शैक्षिक वातावरण
नेपाली बाहेक सम्पूर्ण बिषयको अध्यापनको माध्यम अंग्रेजी हूनेछ । विद्यार्थीहरुलाइ प्रत्येक विषयमा बिज्ञ बनाउन विद्यालयले सक्दो प्रयास गर्नेछ । जसमा विशेष गरी अंग्रेजी बोल्न र लेख्नमा जोड दिइनेछ । यस सन्दर्भमा अभिभावकहरुले बाल—बालिकाहरुलाइ घरमा पनि अंग्रेजी बोल्ने बानी बसाल्न सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं ।
प्रत्येक तीन महिनापछि त्रैमासिक परीक्षा हुनेछ । यसरी १२ महिनामा ४ पटक त्रैमासिक परीक्षा लिइनेछ । विद्यालयको शैक्षिकसत्र बैशाखबाट शुरु भइ चैत्र महिनामा समाप्त हुनेछ ।

आवास तथा खाना
आवासीय विद्यार्थीहरुलाई सफा—सुग्घर, आरामदायी, स्वास्थ्य र प्रसन्न राख्न भर मग्दुर प्रयास गरिनेछ । उनीहरुलाई हप्तामा दुई पटक मासु र अन्य सन्तुलित भोजन दिइनेछ । बिरामी भएको बेला विद्यार्थीहरुलाई बिशेष खाना दिनु पर्ने भएमा विद्यालयले त्यसको समेत व्यवस्था गर्नेछ ।

स्वास्थ्य
आवासीय विद्यार्थीहरुलाई बिरामी हुनबाट जोगाउन पूर्व सतर्कता अपनाईनेछ । सधारण चोटपटक लागेमा वा रुघाखोकी, ज्वरो आएमा छात्रावास आउने डाक्टरको सल्लाह लिइनेछ । यदि अस्पताल भर्ना गर्नु पर्ने अथवा पठाउनु पर्ने भएमा सोही अनुसार अभिभावकलाई खबर गरिनेछ ।

भेट्ने समय
अभिभावकहरुलाई प्रत्येक शुक्रवार बेलुकी ३ः०० बजेदेखि ५ः०० सम्म र आइतबार बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म नानीहरुसंग भेट गर्न आउन सक्नुहुनेछ । सोही समयमा आफ्ना नानीहरुलाइ घर लैजान सक्नुहुनेछ र आइतबार पुनः विद्यालयमा पु¥याउन सक्नुहुनेछ अन्य समयमा पढाइ, खेलकुद, मनोरञ्जन आदि नियमित कार्यक्रमहरु हुने भएकाले सकभर भेट गर्न नआउन हुन अनुरोध गरिन्छ । दिवा विद्यार्थीहरुको हकमा कक्षा शिक्षकसँग पूर्व स्वीकृति लिएर भेट्न सक्नुहुनेछ ।

खेलकुद
सबै आवासीय र दिवा विद्यार्थीहरुलाई शारीरिक व्यायाम, विभिन्न प्रकारका खेलकुद, जस्तै फुटबल, भलिबल, क्यारमबोर्ड, लूडो, चेश, ब्याडमिन्टन, स्केटिङ्ग, रोप आदिमा सहभागी गराइनेछ ।

पुस्तकालय
विद्यालय सबै तहका बालबालिकाहरुका लागि एउटा उचित पुस्तकालयको व्यवस्था गरिएको छ । पुस्तकालयमा नानीहरुको उमेर र रुची अनुसारका पत्र पत्रिका पुस्तकाहरु राखिएका छन् ।

बिदा
बडादशैंमा १५ दिन बिदा, तिहारमा ५ दिन बिदा, गर्मीमा १० दिन बिदा र जाडोमा १५ दिन बिदा हुनेछ ।

भर्ना
नयाँ शैक्षिक सत्रको लागि बैशाख महिनाभरि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुल्नेछ । नर्सरी बाहेक अन्य कक्षामा भर्ना हुने बिद्यार्थीहरुले अंग्रेजी ३०, गणित ३०, नेपाली ३० र मौखिक परीक्षा १० अंकको गरी जम्मा १०० पूर्णाङ्क प्रबेश परीक्षा दिनुपर्नेछ ।

पोशाक
छात्र ः– सेतो कमिज १, खरानी कमिज १, खरानी रङ्गको पाइन्ट १, सेतो पाइन्ट १, छालाको जुत्ता १, खरानी रङ्गको स्वेटर १, (कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको लागि खरानी रङ्गको कोट), टाई र बेल्ट ( यो पोशाक आइतबार, सोमबार, बुधबार र बिहीबारको लागी मात्र) हाउस कमिज, सेतो पाइन्ट, सेतो मोजा र सेतो कपडाको जुत्ता मङ्गलबार र शुक्रबारको लागि मात्र ।

छात्रा ः– सेतो कमिज १, खरानी कमिज १, खरानी रङ्गको स्कर्ट वा पाइन्ट १, सेतो पाइन्ट १, छालाको जुत्ता १ जोर, खरानी रङ्गको स्वेटर १, टाई, बेल्ट र सेतो रिवन । मंगलबार र शुक्रबारको लागि कमिज र सेतो पाइन्ट ।

विज्ञान तथा कम्प्यूटर प्रयोगशाला
विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले एउटा उचित प्रयोगशालाको व्यवस्था गरेको छ । प्रयोगशालामा विज्ञान विषयसित सम्बन्धित सामग्रीहरु राखिएका छन् । सत्रै कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई यस विद्यालयबाट कम्प्यूटर प्रशिक्षणको साथै इमेल र इन्टरनेटको पनि व्यवस्था छ ।

विशेष जानकारी
१. प्रत्येक महिनाको १० गते भित्र शुल्कहरु बुझाइसक्नु पर्ने । अन्यथा प्रतिदिन रु. २।– का दरले जरिवाना हुनेछ ।
२. विद्यालयबाट कुनै विद्यार्थीलाइ निकाल्नु पर्ने भएमा १ महिनामा अगाडि प्रिन्सिपललाई सूचना दिनु पर्नेछ ।
३. विद्यार्थीलाई भर्ना गर्दा धरौटी रकमको शीर्षकमा यदि धरौटी रकम राखिएको छ भने सोको रसिद देखाइ शैक्षिक सत्रको अन्त्यमा फिर्ता लिन सकिनेछ ।
४. कुनै पनि मूल्यवान सामानहरु (जस्तै सुन, चाँदिका गरगहना) विद्यालयमा ल्याउन नदिन हुन सम्बन्धित अभिभावकहरुलाई अनुरोध गरिन्छ । विद्यालयको सूचीभन्दा बाहेकका सामानहरु हराएमा विद्यालय जिम्मेवार हुनेछैन ।
५. छात्रावासमा नानीहरुलाई खानेकुराहरु नपठाउन हुन अनुरोध गरिन्छ ।
६. प्रत्येक महिनाको अन्तिम शुक्रबार ३ बजे शिक्षक – अभिभावक बैठकमा उपस्थित हुनु पर्नेछ ।

आवासीय विद्यार्थीले निम्न सामानहरु ल्याउन पर्नेछ ः
१. डसना (सिङ्गल बेड)
२. सिरक वा मण्डी १, तकीया १, सिरक र डसनाको खोल २÷२, झुल १
३. गन्जी २, अन्डरवेयर २, पकेट रुमाल २, ट्रयाक सुट १, नाइट ड्रेस २, आउट ड्रेस र टिनको बाकस तालासहित ।
४. टुथ पेष्ट, ब्रस, साबुन, तेल काँगियो, बुट पालिस र ब्रश इत्यादि ।
५. होस्टेल शुल्क डिपोजिट ४,०००।– देखि ६,०००।– सम्म, मासिक हुल्क नर्सरीदेखि १० सम्म ४,०००।– देखि ६,५००।– सम्म लाग्नेछ ।

कक्षा १० मा भर्ना सम्बन्धी जानकारी
१. कक्षा १० मा भर्ना गर्दा विद्यार्थीका अभिभावकज्यूहरुले धेरै कुरामा विचार पु¥याएर भर्ना गर्न गराउन अनुरोध गरिन्छ ।
२. राम्रो बानी ब्यहोरा, आचरण, अनुशासन र मेहनेत विद्यार्थीलाइ मात्र कक्षा १० मा भर्ना गरिनेछ ।
३. विद्यालयमा अनैतिक कार्य र विद्यालयको नियम उलंघन गरेमा विद्यालयबाट निष्काशित गरिनेछ ।
४. कक्षा १० मा भर्ना गर्दा निम्न प्रमाणहरु पेश गर्नुुपर्नेछ ।

क) कक्षा आठको मार्कसिट
ख) कक्षा नौ को मार्कसिट र ट्रान्सफर सर्टिफिकेट
ग) कक्षा नौ मा भरेको रजिष्ट्रेशन प्रमाण — पत्र
घ) पासपोर्ट साइजको फोटो १० वटा
ङ) जन्म मिति खुलेको प्रमाण–पत्र

५. कक्षा ९ र १० मा तल निम्न लिखित विषयहरुको अध्ययन र अध्यापन गराइन्छ ।
क) नेपाली
ख) अंग्रेजी
ग) गणित
घ) विज्ञान
ङ) सामाजिक शिक्षा
च) स्वास्थ्य, जनसंख्या र वातावरण शिक्षा
छ) ऐच्छिक प्रथम
ज) एच्छिक द्धितीय

विशेषताहरु ः
अंग्रेजी माध्यम र बालकेन्द्रि शिक्षा प्रणाली ।
अन्तर्राष्ट्रिय, गुणस्तर कायम राख्न बालबालिकाको प्रतिभा विकास गर्न उच्च शिक्षित, अनुभवसिद्ध र स्नेशशील शिक्षक शिक्षिकाको व्यवस्था ।
शिष्टता, सदाचार, नैतिकता र अनुशासनको अधारमा राष्ट्रियता र विश्व बन्धुत्वमा जोड ।
आधुनिकतम शैक्षिक सिद्धान्त र व्यवहारको कुशल प्रयोग ।
कम्प्यूटर, इन्टरनेट, इमेल कक्षाको व्यवस्था ।
विश्वका स्कुलहरुसँग पाठ्यक्रम, शिक्षक र पारस्परिक सम्पर्कका माध्यमबाट हाम्रा विद्यार्थी विश्वका कुनै पनि शैक्षिक संस्थामा प्रबेशयोग्य हुने ग्यारेन्टी ।
सिटी मन्टेश्वरी चाइल्ड केयर (शिशुस्याहार) को व्यवस्था ।
आवासको उत्तम व्यवस्था । प्रति महिना रु. ४,०००।– देखि ६,०००।– सम्म ।
आफ्ना नानीहरुलाई एक पटक भर्ना गराउनुहोस् र वर्षेनी भर्ना गराउनु पर्ने आर्थिक बोझबाट ढुक्क हुनुहोस् । तर अन्य शीर्षकअनुसारको बार्षिक शुल्क लाग्नेछ ।

प्रति महिना रु. ४०००।– मा डे. होस्टेलको व्यवस्था ।